प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, ७ लाख ८२ हजारकाे काराेबार
२३ कार्तिक, काठमाडाैं । साताकाे चाैँथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.५७ अंकले घटेर १९५६.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३९ अंकले बढेर १९५७.७६ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १० स्टकको ७ लाख ८२ हजार ३०४ रुपैयाँ २० पैसा बराबरको ३५४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 9, 2022 at 11:14 am


