९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

नागरिक स्टक डिलरले घोषणा गर्याे लाभांश


२२ कार्तिक, काठमाडाैं । नागरिक स्टक डिलर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कार्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार तेस्रो वार्षिक साधारण सभा मंसिर १८ गते नागरिक लगानी कोषको कार्यालय नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ६.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ०९:२३