२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

४३.२० अकंले बढ्याे सेयर बजार, १ अर्ब ५४ करोडकाे काराेबार

२० कार्तिक, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । गत साता घटेर बन्द भएको सेयर बजारमा आज फेरी बढेकाे हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६ बिन्दुमा बन्द भएको छ । आज २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको हो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचक उकालो लागेको छ ।

आज सात कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको सेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

यस दिन नबिल इक्वाटी फण्डका इकाइधनीले सर्वाधिक गुमाएकाछन् । काराेबारकाे हिसाबमा आज नेष्डो समृद्ध लघुवित्तको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पपनीको आज १० अर्ब १४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : November 6, 2022 at 3:27 pm