७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

पुराने लाभांश लिन सेयरधनीहरुलाई ग्लोबल आईएमइ बैंकको आग्रह

१७ कार्तिक, काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित भएका लाभांश लिन बैंकले सेयरधनीहरुलाई अनुरोध गरेको हो ।

बैंकको आर्थिक बर्ष २०६६/६७ देखि २०७०/७१ सम्मका साधारणसभाहरुबाट पारित भएका नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएको हुनाले उक्त नगद लाभांश सूचना प्रकाशित भएको एक महिनाभित्र लिन बैंकले सेयरधनीहरूलाई आग्रह गरेको छ ।

सेयरधनीहरुले बैकको सेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडाैंमा सम्पर्क गरी  लाभांश लिन सकिने जनाएकाे छ ।

उक्त भुक्तानी लिन बाँकी रहेकाे लाभांशको विवरण बैंक तथा बैकको सेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेवसाइट बाट डाउनलोड गरी हेर्न सकिनेछ। सूचना प्रकाशित मितिले ३० दिनभित्र भुक्तानी नलिएमा लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : November 3, 2022 at 10:11 am