६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

वाणिज्य बैंकहरुको निक्षेप १७ अर्बले घट्याे, सीडी रेसियो कति ?

१६ कार्तिक, काठमाडाैं । एक सातामा वाणिज्य बैंकको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएन (एनबीए)को एक साता (कार्तिक ५ गतेदेखि कार्तिक ११ गते) सम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो।

योसँगै कार्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा आइपुगेको छ । कार्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकाे थियाे ।

कार्तिक लागेयता वाणिज्य बैंकहरुको कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको छ। गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।

उक्त अवधिमा भने कर्जा प्रवाह वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार एक सातामा कर्जा प्रवाह ५६ करोड रुपैयाँले वृद्धि भएको हो । योसंगै कात्तिक ११ गतेसम्म बैंकहरुले ४२ खर्ब २५ करोड ४१ करोड ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । बैंकहरुले कात्तिक ४ गतेसम्म भने ४२ खर्ब २४ अर्ब ८५ करोड ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

याे अवधिमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो बढेर ८७.५८ प्रतिशत पुगेको छ। गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ८७.२३ प्रतिशत रहेको थियो।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १४:३९