राष्ट्र उत्थान लघुवित्तको नाफा ६७.२५ प्रतिशतले घट्याे, प्रतिसेयर आम्दानी कति ?
१६ कार्तिक, काठमाडाैं । राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेकाे वित्तिय विवरणमा समिक्षा अवधिमा कम्पनीकाे मुनाफामा घटेकाे छ ।
लघुवित्तले सार्वजनिक गरेकाे उक्त विवरण अनुसार समीक्षा अवधिमा संस्थाले ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६९.४६ प्रतिशतले कम हो। अघिल्लो वर्षकाे यही अवधिमा संस्थाले १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ६७.२५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ५० लाख ९ हजार रुपैयाँमा सीमित बनेको छ। समीक्षा अवधिमा लघुवित्तको फि कमिशन तथा डिस्काउन्ट १७.८७ प्रतिशत बढेको छ।

कम्पनीकाे कुल सञ्चालन आम्दानी भने २.४७ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा संस्थाले ४ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी ५ करोड १२ लाख रुपैयाँ थियो। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीकाे खुद ब्याज आम्दानी ७.६४ प्रतिशतले घटेकाे छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेकाे छ भने जगेडा कोषमा १८ करोड ५९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.७३ रुपैयाँले घटेर ५ रुपैयाँ ८८ पैसा रहेकाे छ । संस्थाको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ०९:५६












