३५ कम्पनीले आईपीओ निष्काशन गर्दै, कुनको कति कित्ता ?
१३ कार्तिक, काठमाडाैँ । आईपीओको निष्काशनकाे अनुमति माग्दै हालसम्म ३५ वटा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । अहिले आईपीओ आउन लागेको छ भनेपछि जो कोही लगानीकर्तालाई पनि चासो लाग्ने गर्छ ।
पछिल्लो समय आईपीओमा लगानीकर्ताहरुको आकर्षण बढ्ने गरेको छ । जुनसुकै कम्पनीले आईपीओ निष्काशन गरे पनि सो कम्पनीको आईपीओमा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने गरेको छ ।
माग भन्दा बढी आवेदन पर्ने भएकाले १० कित्ता सेयर पर्न पनि मुस्किल पर्ने गरेको छ । तर पनि लगानीकर्ताहरुले आवेदन दिन भने छाडेका छैनन् ।

हाल धिताेपत्र बाेर्डमा आईपीओ निष्कासनका लागि २० वटा जलविद्युत कम्पनी, ४ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, ४ वटा अन्य समूहका कम्पनी, लघुवित्त समूहका २ वटा कम्पनी, २ वटा बीमा समूहका कम्पनी, होटेल तथा पर्यटनका १ वटा र अन्य समूहका १ वटा कम्पनी आईपीओ निष्काशनकाे पर्खाइमा रहेका छन् ।
धिताेपत्र बार्डले अनुमति दिएसँगै यी कम्पनीहरूले ८ अर्ब ७९ करोड १२ लाख २० लाख ७५० रुपैयाँ बराबरको कुल ६ करोड ५४ लाख ८ हजार ५२३ कित्ता आईपीओ निष्काशन गर्ने छन् ।
कुन कम्पनीको कति कित्ता ?
प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १२:२३













