७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रभु बैंकको नाफा १०.७९ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?

९ कात्तिक, काठमाडाैँ । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरणा अनुसार बैंककाे नाफा १०.७९ प्रतिशतले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंककाे सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंककाे यस्ताे नाफा  ८८ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

याे अवधिमा बैंककाे खुद ब्याज आम्दानी पनि ३८.७१ प्रतिशतले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंककाे जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ ।  असोज मसान्तसम्म आइपुग्दा बैंककाे प्रतिसेयर आम्दानी २४ पैसाले घटेर २२ रुपैयाँ १९ पैसा कायम भएको छ । बैंककाे प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा छ ।

प्रकाशित मिति : October 26, 2022 at 11:36 am