२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

तामाकोशीको सेयरका लागि दुई लाख दोलखालीको निवेदन, माग भन्दा तीन गुणा बढी आवेदन

२९ भदाै, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको शेयरमा दुई लाख दोलखावासीले आवेदन दिएका छन् ।दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाले दोलखावासीका लागि एक करोड ५ लाख ९० हजार कित्ता शयेर निष्कासन गरेको थियो । बिक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको तथ्याङ्क अनुसार तीन गुणा बढी आवेदन परेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो ।

आयोजनाले गत साउन १६ गतेदेखि यही भदौ १४ गतेसम्म शेयर आवेदन खुल्ला गरेकोमा सो समय अपुग भएको भन्दै आयोजनाले एक साताका लागि अर्थात् गत साउन २१ गते सम्म समय थप गरिएको थियो ।

स्थानीयवासीका लागि रु एक अर्ब ५ करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेकोमा तीन गुण बढी आवेदन परेको आयोजनाले जनाएको छ । स्थानीयवासीले न्यूनतम ३० कित्तादेखि अधिकतम ३०० कित्तासम्म आवेदन दिएको पनि आयोजनाले जनाएको छ ।

दोलखाको गौरीशङ्कर गाँउपालिकास्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भई सकेको पनि जनाइएको छ ।

प्रकाशित मिति : September 14, 2018 at 4:50 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/