२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

गगन थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण

७ कार्तिक, काठमाडाैं । निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था स्मरण गराउँदै ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य गरेको देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।

प्रकाशित मिति : October 24, 2022 at 11:52 am