२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

चुनावपछि केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमानको सरकारः अध्यक्ष थापा

४ कार्तिक, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ मा जनताले केपि ओली नेतृत्वको राष्ट्रिय स्वाभिमानको सरकार वा गठबन्धनको कठपुतली सरकार भन्ने विषयमा फैसला गर्नुपर्ने बताएका छन । सामाजिक सञ्जाल मार्फत उनले राप्रपा नेपाल राष्ट्रियता,स्थिरता र समृद्धिको पक्षमा रहेको भन्दै अबको चुनावपछि अोलीको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका छन ।

थापाले भनेका छन, ‘आगामी चुनावमा जनताले राष्ट्रियता पक्षधर वा आत्मसमर्पणवादी शक्ति, स्थिरता र समृद्धि पक्षधर वा अस्थिरता र अराजकतावादी शक्ति र केपि ओली नेतृत्वको राष्ट्रिय स्वाभिमानको सरकार वा गठबन्धनको कठपुतली सरकारबिच एक छनौट गर्नुपर्नेछ । राप्रपा नेपाल राष्ट्रियता,स्थिरता र समृद्धिको पक्षमा छ ।’

प्रकाशित मिति : 10:46