२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

केपी ओलीलाई भीम रावलको प्रश्नः हामीलाई पाखा लगाएर राजेन्द्र लिङ्देनलाई अँगालो किन ?

३ कात्तिक, काठमाडाैँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरेका छन । झापाको दममा राप्रपा र एमालेका कार्यकर्ताको संयुक्त भेलाबारे टिप्पणी गर्दै नेता रावलले ओलीमाथि प्रश्न गरेका हुन ।

उनले राजेन्द्र लिङ्देनलाई अँगालो मारेर हामीलाई किन पाखा लगाएको भन्ने प्रश्न गरेका छन । उनले बिरोधीलाई अँगालो मारेर पार्टीमा दशकौं रगत र पसिना बगाएकाहरूलाइ पाखा लगाउने कुन मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हो  भन्दै प्रश्न गरेका छन ।

उनले भनेका छन, ‘झापाको दमकमा कार्यकर्ता भेलामा अध्यक्ष केपी ओलीकाे राप्रपा र जसपाका उम्मेदवारबारे, ‘यो चुनावी तालमेल चुनावसम्मलाई मात्र हाेइन, चुनावभन्दा पछिसम्म हो । सरकार बनाउँदा पनि उहाँहरूलाई हामी साथै लिएर जान्छौँ । किनभने उहाँहरूलाई एमालेको साथ किन लागिस् भनेर पनि हमला गर्न सक्छन् । त्यसबाट उहाँहरूलाई हामीले जोगाउनुपर्छ । हामीले उहाँहरूको साथ लिएका छौँ, साथ दिएका छौँ ।’ भन्ने भनाइ मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको कुन सिद्धान्त र मान्यता अन्तरगत पर्छ त? विराेधीलाइ अँगालाे मार्ने तर पार्टीमा दशकाैं रगत र पसिना बगाएकाहरूलाइ पाखा लगाउने कुन मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हाे ?’

प्रकाशित मिति : 20:49