२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रमुख निर्वाचन आयुक्त थपलियालाई मोसो दल्न समाजवादीका नेताको अपिल

३ कात्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका विरूद्धमा खनिएका छन । अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरित भोट हालेनमा फ्रि भिषा र फ्रि टिकट मिलाएर विदेश पठाइदिने उद्घोष गरेपछि बिहीबार आयोगले स्पष्टिकरण सोध्दै कारबाहीको पक्रिया अघि बढाएको थियो ।

त्यसपछि समाजवादीका नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन । सामाजवादीका नेता एवं अधिवक्ता बसन्त बस्नेतले थपलियालाई जहाँ भेट्यो त्यही कालो मोसो दलौँ भन्दै सामाजिक सञ्जालमा अपिल गरेका छन । समाजवादीका अन्य सायौँ कार्यकर्ताले माधव नेपालमाथि कारबाही प्रक्रिया थालिएपछि प्रमुख निर्वाचन आयुक्त माथि आक्रोश पोखेका छन ।

प्रकाशित मिति : 20:31