२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

केपी ओली नेतृत्वको एमालेलाई सिध्याउन लाग्नेहरू आज आफैँ सकिए


-सरोजकुमार तामाङ

नेपालको राजनीति अब मात्रात्मकबाट गुणात्मक दिशातर्फ अग्रसर हुँदैछ । आफ्नो दलीय स्वार्थको लागि हिजो राष्ट्रनायकको दर्जा प्राप्त गरेको तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई प्रतिगामीको संज्ञा दिदैँ बिना गन्तब्यको परमादेशी सरकारको यात्रामा बढ्नेहरु यात्रा पुरा नहुँदै आज फेरी मुलुक र जनताको पक्षमा सदावहार सदैव वकालत गर्दै हिड्ने मुलुकको ठूलो राजनीतिक दल नेकपा एमालेको फेरो समाउँन आईपुगे ।

यो घटनाले जनतामाँझ नेकपा एमालेको क्रेज पूर्वदेखी पश्चिमसम्म फैलिएको छ भने मौसमी अग्रगामीको रुप देखाउनेहरु संकटको घडीमा जुन घाटको पानी पिउन पनि तयार रहेको देखियो । अब भनौं कि प्रतिगामी को ? अवसरवाद को ? जनताको जनजिविकाको सवालहरु मुख्य मुद्दा हुनुपर्नेमा चुनावबाट जमानत जफतको स्थितिबाट पार पाउँन नेकपा एमालेको नाऊ नै चाहिन्छ भने मधेशी जनताले अब जसपालाई हेर्ने दृष्टिकोण कस्तो होला ?

हिजो मधेशमा नेकपा एमाले र उक्त दलको लोकप्रिय नेता केपी ओलीलाई छिर्न नदिनेहरु आज आफैं ओलीलाई मधेशमा रातो कार्पेट बिच्छ्याउँदै छ । यसले मधेश प्रदेश र समग्र तराई मधेशमा नेकपा एमाले मधेशीको भावना विपरीत हिड्ने दल हैन भन्ने प्रमाणित भयो । नेता हुनु त केपी ओली जस्ता जसले प्रतिकूल अवस्थालाई पनि आफू अनुकूल बनाउन सक्ने खुबी राख्छ । जसलाई राजनेताको दर्जा पनि कम हुन्छ ।

जुनसुकै ठाउँमा पनि राज गर्न सक्ने खुबी भएको ब्यक्तित्व हो, हाम्रा प्यारा नेता केपी ओली । तर, यो चुनावबाट जनताको निर्णायक शक्ति नेकपा एमालेको दानमा पाएको राजनीतिलाई जसपाले कुन रुपमा हेर्छ, त्यो भविष्यले बताउँनेछ । यिनले फेरी हिजो जस्तै नेकपा एमालेलाई सत्ताको उन्मादमा प्रतिगामीको बिल्ला भिराउँदैन भन्ने ग्यारेन्टी छैन् । गाईलाई घाँस खुवाउँनु होस् बदलामा हामीलाई अमृत जस्तो दूध दिन्छ तर सर्पलाई अमृत जस्तो दूध पिलाउँनु होस् बदलामा उसले बिष ओकल्छ । तसर्थ आजको जसपासँगको चुनावी तालमेल नेकपा एमालेलाई भोली बिष बराबर नहोस् ।

-सरोजकुमार तामाङ

केपी ओली नेतृत्वको एमालेलाई सिध्याउन लाग्नेहरू आज आफैँ सकिए । यसैमा हामीले प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुको हार सम्झनुपर्छ । यो मुलुक र जनतालाई सर्वशक्तिमान बनाउँन विदेशीको इसारामा चल्ने यो परमादेशी सरकारका सम्पूर्ण शेयरहोल्डरहरुलाई जमानत जफतको अवस्था सृजना नगरुन्जेल सम्भव छैन् । त्यसैले फुटेर हैन, जुटेर नेकपा एमाले एक ढिक्काकासाथ आगामी निर्वाचनमा जनमतको कसीबाट अत्याधिक बहुमतकासाथ विजय हुँदै यो मुलुकको दिगो विकास र समृद्धको निम्ति भएभरको शक्ति प्रयोग गर्नुपर्छ ।

कम्युनिष्ट सत्ताको निम्ति हैन, जनता र मुलुकको समृद्धि र दिगो विकासको निम्ति हो भन्ने सन्देश फैलाउनु पर्छ । जनताको मत नेता बन्न हैन, जनतालाई राज्यको तर्फबाट ग्यारेन्टीकासाथ आधारभूत आवश्यकताका मुद्दाहरु सम्बोधन गर्न भन्ने विश्वास दिलाउनु पर्छ । अब मंसीरको चुनावपछि बन्ने नेकपा एमालेको सरकारले भारतीय नाकाबन्दी र नयाँ नक्शामा देखाएको चट्टानी अडान दोहोर्याउँदै मुलुकको चौतर्फ विकास गर्नुपर्छ ।

हामीले भन्न खोजेको र जनताले चाहेको आफ्नै शासन नयाँ जनवाद लागू गर्दै मुलुक समाजवादको अधिकतम लक्ष्यतर्फ अग्रसर हुनुपर्छ । जनतालाई राज्यको तर्फबाट विगतमा बृद्धाभत्ता लगायत सम्पूर्ण सामाजिक भत्ताको ग्यारेन्टी गरे झैं अब गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र खानेपानीको भए नि:शुल्क नभए न्यूनतम शुल्कमा उपलब्ध गर्नुपर्छ । कोही बेरोजगारीको कारणले विदेशिन बाध्य नहोस् । कोहिपनि पैसा नभएकै कारणले स्वास्थ्य र शिक्षा सेवा लिन बन्चित हुनु नपरोस् ।

आर्थिक कमजोरको कारणले कोहिपनि नेपाली गाँस, बास र कपालको समस्याले पीडित हुँदै मृत्युवरण गरेको समाचार सुन्न नपरोस् किनकी हामी गरिब, किसान, मजदुर, सर्वहारा र श्नमजीवी जनताको सुख र समृद्धिको निम्ति वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैंगिक विभेद र विभिन्न सामाजिक उत्पीडनलाई अन्त्य गर्न समानुपातिक समावेशिता, अर्थपूर्ण र आत्मनिर्णयको स्वअधिकार राज्यको प्रत्येक अंग र निकायहरुमा गर्दै समतामूलक समाजको निर्माण गर्न चाहन्छौं । श्नमजीवी नीति अख्तियार गर्ने नेकपा एमालेको सरकार दुखमा जनताको आँखाको आँशु पुच्छने सुखमा सँगै रम्ने हो । बेसाहाराको साहारा नेकपा एमाले हो ।

गरिव, किसानको दुखलाई सुखमा बदल्न राज्यको निर्णायक तहमा नीति निर्माण गर्ने कुनै दल यो मुलुकमा विगतदेखी आजसम्म जिवितै छ भने त्यो नेकपा एमाले हो । यसरी नेकपा एमालेलाई बेलाबेलामा गोडमेल गर्दै जिवन्त तुल्याउने सम्पूर्ण नेपाली जनतालाई पुन:धन्यवाद दिदैँ फेरि पनि यो निर्वाचनबाट आफ्नो भाग्यको फैसला आफैं गर्न नेकपा एमालेलाई अत्याधिक बहुमतकासाथ विजय गराऔं । यो मुलुक हाम्रै हो, हामीसँगै मिलेर यसको विकास गरौं ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १७:४२