२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

बलात्कार आराेपी सन्दिप लामिछाने विमानस्थलबाटै पक्राउ

२० असाेज, काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दिप लामिछाने विमानस्थलबाटै पक्राउ परेका छन । उनी त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेकाे हाे ।

एक महिनाअघि बलात्कार मुद्दा लागेपछि लामिछाने कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट बिहीबार त्रिभुवन विमानस्थलमा उत्रने बितिक्कै उनी पक्राउ परेका हुन ।

यसअघि सन्दीपले ट्वीट गर्दै आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।

प्रकाशित मिति : 11:23