१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

सन्दिप लामिछाने कतार एयरवेजबाट १० बजे काठमाडाैँ आइपुग्ने


२० असाेज, काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफू आज बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताएका छन ।

सामाजिक सञ्जाल मार्फत उनले आफू कतार एयरवेजकाे विमान मार्फत नेपाल आउन लागेको जानकारी दिएका छन । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने घाेषणा गरेका थिए । उनले आफू स्वदेश फर्कन लागेकोबारे प्रहरीलाई पनि जानकारी दिएकाे लामिछानेले बताएका छन ।

भदाै ५ गते बलात्कार गरेकाे भन्दै भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ०९:११