६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

पूर्व घाेषणा अनुसार काठमाडौं आए सन्दिप लामिछानेले आज आत्मसमर्पण गर्ने


२०  असाेज, काठमाडौँ । पूर्व घाेषणा अनुसार आज काठमाडौं आए   क्रिकेटर सन्दीप लामिछानेले प्रहरीसामू आत्मसमर्पण गर्नेछन ।  उनले यसअघि असोज २० गते नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’,  ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’

उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् । एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् ।

आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो । उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैन । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ०८:०७