७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गुडिरहेको बसको ढोकाबाट लडेर महिलाको मृत्यु


१९ असोज, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका- २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ।

जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी-३ नौघाट देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९४७४ नम्वरको बसको ढोकाबाट खसेर पाण्डे गंभिर घाईते भएकी थिइन ।

घाइते पाण्डेलाई उपचारका लागि भालुवाङ स्थित राप्ती पोलिक्लिकमा लगिएकोमा पोलिक्लिनीकले मृत घोषणा गरेपश्चात पोस्टमार्टमका लागि लमही लगिएको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिए । उनले भने,’ ढोकामा आएर बान्ता गर्ने क्रममा पाण्डेले सन्तुलन गुमाएर लड्न पुगेको भन्ने खुल्न आएको छ।’ बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार ०७:२३