७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

केपी शर्मा ओलीले बिहान ९ देखि १० बजेसम्म टीका लगाइदिने, आफूले ११ः ५१ मा लगाउने


१९ असोज, झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेर ५१ मिनेटको साइतमा दशैंको टीका लगाउने भएका छन ।

झापाको घरमा रहेको ओलीली बिहान ११ बजेर ५१ मिनेटको साइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्ने गरी कार्यक्रम तय भएको नेकपा एमाले केन्द्रीय प्रचार विभागका सदस्य चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ओलीले बिहान ९ बजेदेखि १० बजेसम्म गृहजिल्ला झापा दमक-९, शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरुलाई टिका लगाइदिने कार्यक्रम रहेकोछ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार ०६:३४