सनरार्इज बैंकको २२ लाख ठगी गर्ने नुवाकोटका प्रदीप न्याैपाने पक्राउ
२६ भदाै, काठमाडाैँ । पस मेसिनबाट नक्कली कार्डको सहायताले बैंकको २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका प्रदीप न्यौपाने पक्राउ परेका छन । एक्सपोर्ट ईम्पोर्टको ठूलो कारोबार छ भनी सनराइज बैंकबाट पस मेसिन (प्वाइन्ट अफ सेल मेसिन) लिएका न्याैपानेले मेसिनबाट बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ आफ्नो खातामा सारेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
न्याैपानेले असार २२ देखि भदौ ५ गतेसम्म सो रकम झिकेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो प्रवक्ता सानुराम भट्टराईले बताए । उनका अनुसार न्याैपाने भदौ २२ गते नुवाकोटको विदुर नगरपालिका २ शेराबाट पक्राउ गरेको थिए । सीआईबीले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान गर्न उच्च अदालतबाट ७ दिनको थप गरी अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार १६:५५