२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

प्यूठानमा जमानत जफत हुने सूचनापछि चुनाव नै नलड्ने बामदेव गाैतमको घोषणा

१० असोज, काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका नाममा लागिरहेका राष्ट्रिय सभा सदस्य बामदेव गौतमले केही साता अघि प्यूठानबाट चुनाव लड्ने घोषणा गरेका थिए । तर त्यसपछि उनले प्यूठानबाट चुनाव लड्ने वा नलड्ने भन्नेमा केही बताएनन् ।

गौतमले गत साउन अन्तिम साता निर्वाचन आयोगबाट फर्किने क्रममा आफू राष्ट्रियसभा सदस्यबाट राजिनामा दिएर प्यूठानबाट चुनाव लड्ने जानकारी दिएका थिए । उक्त घोषणापछि प्यूठानमा रहेका उनका शुभचिन्तकसँग त्यहाँको वस्तुस्थितिको रिपोर्टिङ मागे । त्यसपछि उनी बुढेसकालमा प्यूठानमा गएर चुनाव लडेर जमानत समेत जवफत गराउने पक्षमा नलाग्ने निर्णयमा पुगेका छन ।

पारिवारिक कामको सिलसिलामा आइतबार बर्दिया जानेक्रममा नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै गौतमले आफूले अब चुनाव नलड्ने जानकारी दिए । सञ्चारकर्मीले तपाइले प्यूठानबाट चुनाव लड्ने घोषणा गर्नुभएको थियो के छ त तयारी भनेर गरेको प्रश्न गौतमले आफू चुनाव नलड्ने निष्कर्षमा पुगेको जानकारी दिए ।

उनले आफ्नो पूर्व सहयोगी लगायतकासँग प्यूठानबाट चुनाव लड्नेबारेमा सुझाव माग्दा उनीहरूले प्यूठान नआउन सुझाव दिएका थिए । स्रोतका अनुसार उनका शुभचिन्तकले अहिले चुनाव लड्न आए जमानत जोगउन पनि कठिन हुने रिपोर्टिङ गरेका थिए । एमालेको सूर्य चिन्ह लिएर गए जहाँ गए पनि हार्ने भएकाले आफू माओवादीसँग मिलेर प्यूठानबाट चुनाव लड्ने जानकारी दिएका गौतमले आइतबार भने अब देशको कुनै पनि भागमा गएर चुनाव नलड्ने बताएका हुन ।

जीवन एक पटक प्रधानमन्त्री हुन्छु भन्ने अठोड बोकेका गतैमले एमाले र माओवादी मिलेको नेकपाकालमा धेरै प्रयास गरेका थिए गौतमको सोही महत्वकांक्षाका कारण उनी प्रचण्ड र माधव नेपालसहितको समूह बनाएर तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको विरूद्धमा मोर्चाबन्दीमा लागेका थिए ।

प्रकाशित मिति : September 26, 2022 at 8:31 am