२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

ओलीसँग भेट्न नपाउँदा एमाले छाडेका मुकुन्द न्यौपाने माधव नेपालबाट झन पीडित

१० असोज, काठमाडौँ । तत्कालीन नेकपा एमाले र नेकपा हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न नपाएको झोँकमा एमाले विभाजनको गोटी बन्न पुगेका नेता मुकुन्द न्यौपाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाट पनि पीडित बन्न पुगेका छन ।

माधव नेपाल एक्लै चल्न थालेपछि एक वर्षमै न्यौपाने पीडित बन्न पुगेका छन । यसअघि २ नम्बरमा रहेका सम्मानित नेता भनिएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधवको कार्यशैलीमा पटक पटक असन्तुष्टि जनाइसकेका छन । खनालले सार्वजनिक रूपमै अभिव्यक्ति समेत दिएका छन । अहिले ३ नम्बरमा रहेका न्यौपाने पनि नेपाल पीडित बनेर गुनासो गर्ने र प्रश्न गर्ने अवस्थामा पुगेका छन ।

न्यौपानेले एमाले विभाजनको औचित्यमाथि नै प्रश्न गर्दै माधव नेपालमाथि औँला उठाएका छन । उनले नेता कार्यकर्ताको प्रश्न भन्दै नेपाल माथि प्रश्न गरेका छन । न्यौपानेले ओलीसँगको विद्रोहबाट जन्मदिएको समाजवादी त्यो भन्दा बढी लथालिङ्ग रहेको बताएका छन ।

न्याैपानेले हिजो एमाले विभाजन गर्नुअघिको विद्रोह प्रवृत्तिकाविरुद्ध थियो कि ब्यक्तिगत पद प्राप्तिका लागि लागि थियो भन्ने प्रश्न समेत गरेका छन । उनले समाजवादीमा ज्यादै निम्नस्तरमा झरेर विधि र पद्धतिको खिल्ली उडाइएको बताएका छन ।

न्याैपानेले भनेका छन, ‘केपी ओलीका प्रवृत्तिविरुद्ध विद्रोह गरौँ भन्ने अनि आफूले पार्टी संचालन कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लङ्घन गर्ने हो भने त्यस्तोमा कार्यकर्ताले के गर्ने?’, उनले सोधेका छन्. ‘हाम्रो विद्रोह प्रवृत्तिकाविरुद्ध थियो कि ब्यक्तिगत पद प्राप्तिका लागि लागि थियो?’

लामो समय केपी ओलीका सच्चा सारथीका रूपमा रहेका न्यौपाने ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री निवास बालुवाटार छिर्नबाट बञ्चित भएका थिए । ओलीको तत्कालीन सचिवालयले नियतवश एमालेकै केही नेतालाई कालोसूचीमा राखेर ओलीसँगको भेटवार्तामा रोक लगाएका थिए । त्यसमध्येका एक थिए न्यौपाने ।

जीवनको लामो कालखणण्डमा सँगै राजनीतिक यात्रामा रहेका नेतासँग प्रधानमन्त्री हुँदा पटक पटकको प्रयास पनि भेट्न समेत नपाएपछि उनी क्रुद बनेका थिए । त्यसपछि उनले घनश्याम भुसाल र योगेश भट्टराई लगायतको समेत सल्लाहमा नेकपा एमालेको पर्यटन संस्था विभाजनमा भूमिका खेलेका थिए । जुन संस्था अहिलेसम्म एक हुन सकेको छैन ।

प्रकाशित मिति : September 26, 2022 at 8:21 am