२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा

७ असोज, काठमाडौँ । सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीले ५१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ। बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणचौर, नक्साल काठमाडौँमा खरिद गर्ने संख्या खुलाई निवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : September 23, 2022 at 12:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/