३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सत्ता गठबन्धनका लागि अर्को परमादेश माग गर्दै राष्ट्रपतिविरूद्ध परेको रिट शर्माको इजलाशमा

७ असोज, काठमाडाैँ । सत्ता गठबन्धनका लागि अर्को परमादेश माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरूद्धमा सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश मनोज शर्माको इजलाशमा परेको छ । संसदको कार्यालयसँगै निष्क्रिय बनेको चरम विवादित नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्चमा दर्ता भएका पाँच वटै रिट न्यायाधीश शर्माको इजलाशमा परेको छ ।

प्रकाशित मिति : September 23, 2022 at 11:38 am