२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

७ असोज, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश घोषणा गरेको छ। निफ्राले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।

असोज ६ गते बिहिबार बसेको कम्पनीको सञ्चालक समितीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने छ।

प्रकाशित मिति : September 23, 2022 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/