३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबारदेखि, चार राष्ट्रका १५ रेस्लरले सहभागिता जनाउने


७ असोज, काठमाडाैँ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता यही शनिबार हुने भएको छ । विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित चार राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी दिनुभयो ।

नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट दुई रेस्लर सहभागी हुनेछन् । जम्मा सात वडा भिडन्त हुनेछ । एकदिने प्रतियोगिताको खेल भृकुटीमण्डपमा हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ०८:४४