२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश

६ असाेज, काठमाडौं । नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७८।७९ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्नुका साथै आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको वार्षिक साधारणसभा असोज २८ गते याक प्यालेस ललितपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि २५ प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताप गरेको छ ।

सभाले प्रस्तावित बोनस सेयरबराबरको चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले कम्पनीको अधिकृत एवं जारी पुँजी ५ करोड रुपैयाँ थप वृद्धि गरी १० अर्ब करोड कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : September 22, 2022 at 10:25 am