प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेका देउवाले पनि दिए संविधान दिवसको शुभकामना
३ असोज, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई नजरबन्दमा राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संविधान दिवसको शुभकामना दिएका छन । व्यवहारमा संविधानको खिल्ली उडाइरहेका देउवाले शुभकामना भने संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सरकार लागिरहेको उल्लेख गरेका छन ।
प्रधानमन्त्री देउवाको सन्देशमा नेपाली जनताको चाहनाअनुरूप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतीलाई अन्त्य गरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको कुरा उल्लेख गरिएको छ।
प्रकाशित मिति : September 19, 2022 at 9:33 am









