१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रधानन्यायाधीश राणालाई नजरबन्दमा राखेको सरकारले निजी सुरक्षाकर्मी र सवारी खोस्यो

२ असोज, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई  नजरबन्दमा राखेको सरकारले उनको निजी सुरक्षाकर्मी र सवारी खोसेको छ । गृहमन्त्रीको ठाडो निर्देशनमा प्रहरी प्रधान कार्यालयले राणाको अंगरक्षकलाई  पनि फिर्ता बोलाएको हो ।

प्रहरीले राणाको स्कर्टिङमा  खटिने गरेको प्रहरी टोलीलाई पनि फिर्ता बोलाएको हो । राणाले प्रधानन्यायाधीशको हैसियतमा चढ्ने गरेको गाडी समेत प्रहरीले फिर्ता लगेको छ । सरकारले आइतबारदेखि प्रधानन्यायाधीश राणालाई नजरबन्दमा राखेको छ ।

राणाको विरूद्धमा सत्तारूढ दलहरूले प्रयोग गरेको महाअभियोग प्रतिनिधिसभाको कार्यालयसँगै शनिबारबाट निष्क्रिएपछि उनी सर्वोच्च अदालत जाने तयारीमा थिए तर सरकारले प्रधानन्यायाधीशलाई  नजरबन्दमा राखेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार २०:०७