१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रधानन्यायाधीश राणाको अधिकार नखोस्न सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

२ असोज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जंगबहादुर राणाको अधिकार नखोस्न सरकारलाई आग्रह गरेको छ।  आइतबार अनुगमनपछि विज्ञप्ति जारी गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जारी गरेको विज्ञपप्तिमा व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान सबैले गर्नुपर्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ । ‘यसप्रकारका अधिकारहरुमा कुनै पनि वहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अतः संविधान र कानुनमै टेकेर यसप्रकारको गतिरोधको अन्त्य गर्न आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै राणा माथिको महाअभियोग निस्क्रिए भएको छ । त्यसपछि आइतबार बिहान सर्वोच्च अदालत जान लागेका राणालाई सरकारी निवासमै बन्धक बनाएर नजरबन्दमा राखेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार १९:५१