७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

चोलेन्द्र बालुवाटारस्थित निवासमै रोकिए, निवासबाट बाहिरिने गाडीको पनि चेकिङ

२ असाेज, काठमाडाैं । निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित निवासमै रोकिएका छन्। आइतबार सर्वोच्च अदालत जाने तयारी रहेका उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन रोकेपछि उनी निवासमै रोकिएका हुन्। चोलेन्द्र शमशेर राणा निस्कने गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षाकर्मीले प्रधानन्यायाधीश निवास भित्र र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच गरेर मात्र आउन/जान दिइरहेको छ। प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए।

तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरू राणालाई रोक्ने तयारी गरेका थिए। जबराविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट राणा आफू सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने भन्दै सर्वोच्च अदालत जाने खबर गरेका थिए।

राणा सर्वोच्च प्रवेश गर्ने समयमा तनावको स्थिति हुनसक्ने भन्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। सर्वोच्च तथा बारको परिसर र सडकमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : September 18, 2022 at 1:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/