३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

आर्थिक लक्ष्य हासिल गर्न समन्वय आवश्यक छः उपाध्यक्ष  कँडेल

२४ भदाै, काठमाडाैँ । राष्ट्रिय योजना आयोगले विकास सम्बन्धी राष्ट्रिय लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच सामञ्जस्यता र समन्वय हुन आवश्यक रहेको निस्कर्ष सुनाएको छ । अर्थ समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आयोगले स्रोतको प्राथमिकीरण र समन्वय गरी उच्च आर्थिक वृद्धि दरको आधार निमार्ण गर्ने आगामी कार्यदिशा अघि सारेको जानकारी दिनुभयो ।

अबका नीति तथा योजना तथ्यमा आधारित हुने भएकाले तथ्याङ्क, सूचना उत्पादन अध्ययन र अनुसन्धानका आधारमा नीति तथा योजना तर्जुमा गर्ने उहाँले बताउनुभयो । योजना विकास कार्यान्वयन गर्ने सन्र्दभको समस्तीगत तथा क्षेत्र गत समन्वय र सहजीकरण गर्ने निकाय र नीतिगत अध्ययन तथा अनुसन्धान गर्ने उपयुक्त सरकारी संयन्त्र गठन गरी नीति कार्यक्रम तथा योजनाको स्वत्रन्त्र मूल्याङ्कन गर्ने परिपाटी मिलाउन लागिएको पनि सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार २१:४५