२ असार २०८१, आईतवार | Mon Jun 17 2024

अछामका बाढीपीडितलाई तत्काल उद्धार तथा राहत दिन माग (भिडियाे)


१ असाेज, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरिएको छ ।

बैठक प्रारम्भ हुनेबित्तिकै सांसद भीमबहादुर रावलले अविरल वर्षाका कारण अछाम जिल्लामा धेरै ठूलो धनजनको क्षति भएको र अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको अवस्था रहेको जानकारी गराउँदै गृहमन्त्रीसँग तत्काल उद्धार र राहतका लागि आग्रह गरे ।

उनले अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी पहिरोले बाटो अवरुद्ध भएका कारण जान नसकेको हुनाले हेलिकप्टरमार्फत लत्ताकपडा, खाना र घाइतेको उपचारका लागि सामान पुर्याउने काम गर्न अनुरोध गरे ।

उनले नेपाली सेनाको हेलिकप्टरमा चिकित्सकसमेत पठाएर घाइतेको उपचार गर्न माग गर्नुभयो । सांसद यज्ञबहादुर बोगटीले सोही जिल्लाको बाढीपीडितको उद्धार र राहतका लागि तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घाइतेको औषधोपचार र क्षतिपूर्ति तथा राहतका लागि प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरे ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १४:३१