३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमालेले उम्मेदवार छान्न बोलायो सचिवालय बैठक

३१ भदाै, काठमाडाैं । नेकपा एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छान्न शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । शनिवार १ बजेपछि बस्नेगरी बैठक बोलाएको हाे ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन दिएकाे निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न लागेकाे हाे । एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई विशेष अवस्थाबाहेक नदोहोर्‍याउने मापदण्ड बनाएको छ ।

प्रकाशित मिति : September 16, 2022 at 4:01 pm