३ असार २०८१, सोमबार | Mon Jun 17 2024

राष्ट्रपति भण्डारीबाट पाँच विधेयक प्रमाणीकरण


२८ भदाै, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिको कार्यालयले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका ती विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जनाएको छ ।

प्रमाणीकरण गरिएका विधेयकहरूमा तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १६:५८