६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेपाली फुटबल टोलीको प्रशिक्षकबाट राजीनामा दिएकाे अल्मुताइरीकाे घाेषणा


२६ भदाै, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

उनले आफूले ५२५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताएका छन्। उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्। गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १६:४०