१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

एन आई सी एशिया बैंकको नयाँ बर्षमा आकर्षक योजना, यस्ता छन छुट अफरहरू


१ वैशाख, काठमाडाैँ ।  एन आई सी एशिया बैंकले नयाँ बर्षमा आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न ई–कर्मशहरूबाट सामाग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट योजना ल्याएको हो ।

उक्त आकर्षक योजनाअन्तर्गत दराजबाट चैत्र २८ देखि वैशाख ७ गतेसम्म सस्तोडिलबाट चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म र ग्यापुबाट चैत्र २५ देखि वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।

त्यसैगरी सिजी/एलजी डिजिटलबाट चैत्र ३० का दिन रू. २० हजारभन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले पिओएस तथा ई–कमर्शमार्फत भुक्तानी गर्दा नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ ।

अनलाईन किनमेलप्रति आकर्षण बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

योजनाअनुसार उपर्युक्त ई–कमर्शबाट निम्नलिखित छुट प्रदान गरिएको छ:

साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै एनआईसी एशिया मोवाइल बैंकमार्फत चैत्र ३० का दिन क्यूआर भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा रू. १०० नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ ।

जसमा एक जना ग्राहकले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोहि दिन क्यूआर भुक्तानी गर्ने र क्यूआर भुक्तानी लिने १०/१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार १२:२०