१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई संघको मान्यता

२३ भदाै, काठमाडाैँ । भदाै ३१ गतेबाट सुरू हुने प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताले राष्ट्रिय मान्यता पाएको छ ।
राष्ट्रिय मान्यता पाए संगै यस प्रतियोगितामा खेल्ने राष्ट्रिय खेलाडिले र्याङकिङ पोइन्ट पाउने नेपाल ब्याटमिन्टन संघले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका-७ चेकपोष्टस्थित महांकाल ब्याडमिन्टन कभर्ड हलको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू महांकाल ब्याडमिन्टन कभर्ड हलमा असोज ३ गतेसम्म सञ्चालन हुनेछन् ।

चन्द्रागिरि नगरमै पहिलोपटक हुन लागेको सो प्रतियोगितामा पुरूष एकल (शीर्ष २०), महिला एकल (शीर्ष २०), पुरूष एकल (शीर्ष २० बाहेक), महिला एकल (शीर्ष २० बाहेक), पुरूष युगल खुल्ला (शीर्ष २० बाहेक), पुरूष युगल ४५ वर्षमाथि र पुरूष युगल चन्द्रागिरि वडास्तरीय विधामा प्रतिस्पर्धा गराइने आयोजक महांकाल कभर्ड हलका अध्यक्ष देवेन्द्र महतले जानकारी दिए ।
प्रतियोगिताको पुरूष तथा महिला एकलतर्फको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले ३० हजार रूपैयाँ तथा तेश्रो स्थान हासिल गर्ने खेलाडीले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको पुरूष तथा महिला एकलतर्फ बाहेकका विधाका विजेताले नगद ३० हजार रूपैयाँ, उपविजेताले २५ हजार रूपैयाँ तथा तेश्रो स्थान हासिल गर्ने खेलाडी तथा जोडीले १० हजार रूपैयाँ नगद पुरस्कार पाउने बताइएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि भदाै २५ गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : September 8, 2022 at 10:48 pm