७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला

२३ भदौ, काठमाडौं । नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साइना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।

रियालिटी शोको निर्णायको रुपमा गौरी मल्ल, निर शाह, सुगम पोख्रेल छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस शोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन् । यस शोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालेटी शो हरेक शनिबार र आइतबार एपीवान टेलिभिजनबाट प्रसारण हुने छ ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले एक मिनेटेखि तीन मिनेटसम्मको भिडियो बनाई [email protected] मा पठाउनुपर्नेछ । अडिसन २९ भदौसम्म खुल्ला रहने छ । सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी शोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीदेखि जस्तोसुकै प्रतिभा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्ला रुपमा अडिसन सक्ने शोका प्रोग्राम हेड शर्माले बताए । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ ।

शोमा विजेता हुने प्रतियोगीले ५० लाखदेखि विभिन्न अवसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।

प्रकाशित मिति : September 8, 2022 at 12:07 pm