१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेपालमा २३० कोरोना संक्रमित थपिँदा दुई जनाको मृत्यु

२२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा ७८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । सोही अवधिमा १६५२०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा कोरोनाका २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १९:१२