२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन एडिलेडबाट खेल टोली प्रस्थान


१९ भदाै, एडिलेड । पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन एनआरएनएका पाँच क्रिकेट खेलाडीहरु एडिलेडबाट प्रस्थान गरेका छन् । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एनआएनएको टिम राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन थालेको हो । यस बर्ष पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैछ । एनआरएनएले यस बर्ष ३६ नियमित र २ प्रदर्शनी खेल समावेश हुँदा एनआरएनए टिमले २० खेलमा सहभागिता जनाउने भएको एनआरएनए ओशियाना क्षेत्र सह संयोजक अशोक केशीले बताए ।

यस बर्ष एनआरएनएले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, बुद्धिचाल, क्रिकेट (पुरुष), फुटबल (पुरुष), फुल कन्ट्याक्ट कराँते, गल्फ, जुडो, भलिबल (पुरुष र महिला), कराँते, लनटेनिस, पौडी, रग्बी, सफ्टटेनिस, तेक्वान्दो र टेवलटेनिसले सहभागिता जनाउने निश्चित भएको छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल सेप्टेम्वर ७ देखि काठमाडौंस्थित त्रिवि मैदानमा सन्चालन हुनेछ । सो खेलका लागी अष्ट्रेलियाबाट छ खेलाडी छनौट भएका मध्ये पाच खेलाडी साउथ अष्ट्रेलियाबाट छनौट भएका छन् । जसमा कप्तान सुनम गौतम, दिपक क्षेत्री, आशिष पोखरेल, रशिम कडेल र बासु गिरी रहेका छन् ।
खेलाडीहरुलाइ एनआरएनए ओशियाना सह -संयोजक अशोक केशी, अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, साउथ अष्ट्रेलिया उपाध्यक्ष संजय पुरी र सचिव बिनोद बानिया ले बिदाइ गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १९:०७