७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

महाअभियाेग समितिकाे बैठक २५ भदौमा बस्ने

१९ भदौ, काठमाडौं । महाअभियाेग सिफारिस समितिकाे बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । आजको बैठक एक घन्टा बसेकाे थियाे । एक घन्टामा पाँच प्रश्न साेधिएकाे थियाे ।

निर्वाचनकाे तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन काेइरालाबारे प्रश्न साेधेका थिए ।

प्रकाशित मिति : September 4, 2022 at 1:14 pm