१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

प्रगतिशील प्राध्यापक संगठनको बागमती सम्मेलन आइतबार, सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने

१८ भदौ, चितवन । नेपाल प्रगतिशील प्राध्यापक संगठनको बागमती प्रदेशको प्रथम सम्मेलन आइतबार चितवनमा हुने भएको छ । आइतवार वागमती प्रदेशको सम्मेलन चितवनको भरतपुरस्थित तारापुञ्ज रिसोर्टमा सम्पन हुने आयोजक कमिटीका उपाध्यक्ष मनोज विष्टले शनिबार विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

सम्मेलनको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गर्नेछन भने संगठनका अध्यक्ष प्रा। डा। बेदराज केसीले विशेष सम्बोधन गर्नेछन । सम्मेलनको पहिलो सत्रमा पहिलो सत्रमा नेपालमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौतीका विषयमा डा.
ईश्वरी कडरियाबाट कार्यपत्र समेत प्रस्तुत हुने र अन्तरक्रिया पनि हुने संगठनले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार २१:४७