१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मन्दाकिनी हाइड्रोको नाफा ९२।१७ प्रतिशतले बढ्यो

१७ भदाै, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनी सार्वजनिक गरेको उक्त विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा मन्दाकिनीले २ करोड ९० लाख ७६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ९२.१७ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड ५१ लाख ३० हजार रूपैयाँ नाफा कमाएको थियो।

असार मसान्तसम्म बिद्युत बिक्री गरेर कम्पनीले ११ करोड ३६ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै अन्य आम्दानी ३७ हजार २६९ रुपैयाँबाट बढेर १७ लाख ९० हजार ५७१ रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी ५८ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ७५ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० ७ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १४:४७