७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित, ६ घर उच्च जोखिममा

१६ भदौ, लमजुङ । लमजुङको दोर्दी गाउँपालिका- ६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ । बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताए । उनका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जाेखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 1, 2022 at 3:25 pm