३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

ओएनएफ जापानको अधिवेशन सेप्टेम्बर ४ मा, पुर्व मन्त्री अधिकारी जापान आउदै

१६ भदाै, जापान । प्रवासी नेपाली मञ्च(ओएनएफ) जापानको २१ औ अधिवेशन सेप्टेम्बर ४ मा कामता, टोकियोमा हुने भएको छ । पुर्व गृह मन्त्री तथा नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले उद्घाटन गर्ने अधिवेशनमा विशेष अतिथिको रुपमा जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीको उपस्थिति रहने मञ्चका प्रचार विभाग प्रमुख प्रकाश ढकालले बताए । ढकालले उद्घाटन समारोहमा एनआरएनए, जन सम्पर्क समिती, नेपाली जन प्रगतिशील मञ्च लगायतका संस्थाहरुलाई समेत निमन्त्रणा गरिएको बताए ।

प्रचार प्रमुख ढकालले अधिवेशनको बन्द सत्रले २० औ अधिवेशन देखि हाल सम्मको मञ्चको गतिबिधीको समिक्षा गर्दै आगामी दिनका लागि आवश्यक योजना निर्माण गर्नुका साथै दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने बताए ।

अधिवेशन सफताका लागि विभिन्न विभाग तथा समितिहरु गठन गरिएको छ | प्रमुख ढकालका अनुसार कुल चन्द्र खरेल प्रमुख रहेको हल ब्यवस्थापन विभाग, सुमी बस्नेत प्रमुख रहेको अतिथि सत्कार विभाग, मोहन रायमाझी प्रमुख रहेको आवास तथा भोजन व्यवस्थापन विभाग , स्वतन्त्र पौडेल प्रमुख रहेको यातायात व्यवस्थापन विभाग , मुक्ति खरेल प्रमुख रहेको आर्थिक प्रतिवेदन लेखन विभाग, कुल चन्द्र खरेल प्रमुख रहेको अन्तरक्षेत्रिय सम्वन्य विभाग गठन गरिएको छ भने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी कमिटीका अध्यक्ष प्रमुख सुरेश केसीलाई प्रदान गरिएको छ ।

अभिवेशनमा जापानका आठ वटै क्षेत्रीय कमिटीहरु ओकिनवा, कान्साई, क्युसु, चुबु नागोया, कान्तो, गुन्मा, तोहोकु, होक्काईदोबाट ४०० भन्दा बढि प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिति हुने प्रमुख ढकालले बताए ।

प्रकाशित मिति : September 1, 2022 at 1:35 pm