१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

महोत्तरीमा मनाइदै १५औँ पुस्तकालय दिवस

१५ भदौ, महोत्तरी । १५औँ पुस्तकालयको दिवसका अवसरमा महोत्तरीमा विभिन्न कार्यक्रम आयाेजना गरी मनाइएको छ । पुस्तकालय र पुस्तकको महत्वलाई थप प्रकाश पार्ने उदेश्यसहित जिल्लाका विभिन्न पालिकामा कार्यक्रम आयोजना गरिएको हो ।

बर्दिबास नगरपालिकामा त `पढौँ, पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ´ भन्ने नाराका साथ अन्तरमाध्यामिक वक्तृत्वकला कार्यक्रम आयोजना गरिएकाे छ । विभिन्न विद्यालयमा अध्यनरत छात्रछात्राहरूको सहभागिता रहेको कार्यक्रममा पुस्तक र पुस्तकालयको महत्वमाथि विचार विमर्श गरिएकाे छ ।

उत्कृष्ट विचार राखेबापत आयोजक बर्दिबास सामुदायिक पुस्तकालयले जनता माध्यामिक विध्यालय गौरिडाडाका दुई र जनहित नन्दलाल माध्यामिक विद्यालयका एक जनालाई पुरस्कृत गरेको छ । प्रथम र द्धितिय हुने क्रमशः पूर्णिमा गौतम र नेहा महतो, तेस्रो हुने जनहित नन्दलाल चौलिखाका दिपेश भट्टराई पुरस्कृत भएकाे आयोजकले जानकारी दिएकाे छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १५:२५