परमादेश दिए वापत मन्त्री घुस खाएका प्रधानन्यायाधीश राणा बयानका लागि सिंहदरबारमा
१५ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई परमादेशबाट सीधै प्रधानमन्त्रीमा नियुक्ति गरिदिए वापति आफन्त गजेन्द्र हमालका लागि मन्त्री पद घुस लिएका निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणा संसदीय समितिमा वयानका लागि सिंहदरबार पुगेका छन ।
महाअभियोग सिफारिस समितिले निलम्बित राणासँग आज बयान लिइरहेको छ । सिफारिस समितिको बिहान ११ बजेदेखि जारी बैठकमा राणासँग बयान लिने कार्यसूची छ ।
नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।
प्रकाशित मिति : August 31, 2022 at 11:52 am









