६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

बृहद् अष्ट्रेलियाली शैक्षिक मेला हुँदै


१० भदौ,काठमाडौँ । काठमाडौंमा बृहद् अष्ट्रेलियाली शैक्षिक मेला हुने भएको छ । भदौ १९ गते ग्रेस इन्टरनेसनलको आयोजनामा काठमाडौँको नयाँ बानेश्वरमा रहेको होटल एभरेस्टमा मेला आयोजना गरिएको ग्रेस इन्टरनेसनलले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई अष्ट्रेलिया सरकारले दिने १५० भन्दा बढी विभिन्न शीर्षकका छात्रावृत्तिहरुका बारेमा जानकारी गराउन र त्यहाँका २५ वटाभन्दा बढी स्थापित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको भेला गराई ती संस्थाहरुसँग प्रत्यक्ष सम्पर्क र परामर्श गराउन यही २०७९ भदौ १९ गते ९सेप्टेम्बर ४, २०२२० मा काठमाडौँको द होटल एभरेष्ट, नयाँ बानेश्वरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बृहत् अष्ट्रेलियाली शैक्षिक मेला आयोजना गरिएको जानकारी दिए ।

विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा आवद्ध रहेको यस ग्रेस इन्टरनेसनलले हाल नेपालका नौ स्थान शाखा सञ्चालन गरेर काम गर्दै आएको छ । शिक्षण संस्था र विद्यार्थीहरुको सहजता र सम्पर्क विस्तारका लागि यसले समय समयमा शैक्षिक मेला र अन्य गतिविधि पनि गर्दै आएको छ ।

@dainiki.com

#dainiki #graceinternational

♬ original sound – dainiki.com

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १४:२३