५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलाएर अन्य दुई सांसदलाई पालाे दिँदै माओवादी केन्द्र

१० भदौ, सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको माओवादीले फिर्ता बाेलाएकाे हाे ।

जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई माओवादीले अब सरकारमा पठाउने तयारी गरेको छ । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । शाह र  कामीलाई पनि पालो दिन लागिएको एक नेताले बताए ।

प्रकाशित मिति : August 26, 2022 at 1:40 pm